Saturday, October 6, 2012
प्रचण्ड-सुशीलमा उस्तै मनोदशा
थुक निल्ने मुख खोल्न नसक्ने !
समाचार टिप्पणी । नेपाली काँग्रेसका सभापति शुशील कोइराला र माओवादी अध्यक्ष प्रचण्डका विचमा एउटा समानता छ- दुवै आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार वनाएर नयाँ संविधान सभाको निर्वाचनमा जान चाहान्छन् । तर दुवैले त्यसलाई सार्वजनिक रुपमा व्यक्त गर्न चाहादैनन् । उमेरले सत्तरी काटिसकेका र आफ्नो सम्पूर्ण जीवन राजनीतिमा होमेका कोइरालालाई सवै पार्टीको समर्थनमा प्रधानमन्त्री हुने चाहना छ । त्यसैगरी प्रधानमन्त्री पदका लागि संसदमा सात पटक निर्वाचन हारेका र नयाँ निर्वाचनमार्फत देशको कार्यकारी बनेर कम्तीमा १० वर्ष देश चलाउने सपना वोकेका दाहालमा पनि अहिले प्रधानमन्त्री वन्ने चाहना पलाउँदै गएको पाइन्छ ।
तर रोचक कुरा के छ भने दुवै नेताको चाहना अरुले आफूलाई प्रधानमन्त्रीमा सिफारिस गरिदिउन भन्ने छ । खुलेर आफ्नो दावेदारी प्रस्तुत गर्ने र त्यसका लागि लड्ने आँट दुवैमा छैन । खाली उनका निकटका व्यक्तिहरु प्रधानमन्त्री वन्न चाहेको वताउँछन् । शुक्रवार नेपाली काँग्रेसका नेता दीपकुमार उपाध्यायले शुशील नै सहमतिय सरकारको प्रधानमन्त्री हुने वताए पनि माओवादीका नेता हरिवोल गजुरेलले परि आए प्रचण्डले सरकारको नेतृत्व गर्ने भनी प्रचण्ड चाहनाको पोको खोले ।
अहिलेका लागि दुवैका आदर्श नेता भने स्वर्गीय गिरिजाप्रसाद कोइराला नै रहेछन् । कोइराला काँग्रेस सभापतिको हैसियले गिरिजाबावुले छोडेर गएका काम फत्ते गर्न चाहान्छन् । अनि प्रचण्ड भन्दै छन- शान्ति सम्झौताका दुई हस्ताक्षरकर्तामध्ये गिरिजाप्रसाद कोइराला वितिसक्नु भएकाले संविधान निर्माण गर्ने दायित्व आफ्नो काँधमा छ ।’ सार्वजनिक रुपमा पनि प्रचण्डले धेरैपटक गिरिजाबावुलाई मिस गरिरहेको बताउँछन् ।
नेपालमा अहिले राजनेताको अभाव रहेको चर्चा चलिरहन्छ, त्यसैले दुवै नेताको चाहना पनि राजनेता बन्ने नै छ- प्रधानमन्त्री वनेर अनि संविधान निर्माणको नेतृत्व लिएर । प्रधानमन्त्री हुने तिव्र इच्छा भएपनि दुवै भन्न चाहँदैनन । पहिलो त दुवैको पार्टीभित्र एउटै हालत छ र दुवैमा हल्ला भएर पछि प्रधानमन्त्री भईदैन कि भन्ने ठूलो डर पनि । प्रचण्डले सहमतिय सरकारको प्रधानमन्त्री मै हुँ भनेको भोलीपल्ट बाबुराम समूहले बबण्डर मच्चाउँछन् किनकी प्रचण्ड वावुरामलाई हटाएरै प्रधानमन्त्री हुने हो ।
मुखैमा छ माओवादी महाधिवेशन । जसबाट सर्वसम्मत रुपमा पार्टीको अध्यक्षमा नियुक्त हुने योजना बनाएका प्रचण्ड यतिबेलै वावुरामलाई चिढ्याउने पक्षमा छैनन् । त्यसैले प्रचण्ड प्रधानमन्त्रीको दावी नगर्ने तर यस्तो परिस्थिती निर्माण गर्ने कि काँग्रेस र एमालेले उनलाई नै सार्वजनिक रुपमा प्रधानमन्त्रीको लागि प्रस्तुत गरुन् । आफ्नो लक्ष्यमा वावुरामले पनि सहयोग गरुन भन्ने चाहना छ उनमा । भर्खरै पार्टी फुटले मर्माहत भएका प्रचण्ड तत्काल वाबुरामलाई चिढ्याउने पक्षमा छैनन् । तर काँग्रेस र एमालले प्रधानमन्त्रीको अफर गरे स्वीकार्ने पक्षमा छन् प्रचण्ड ।
काँग्रेस सभापति शुशील कोइरालाको हालत पनि त्यतिकै खराब छ पार्टीभित्र । १७ पटक निर्वाचन हारेका रामचन्द्र त्यसको क्षतिपूर्तिका लागि आफूलाई प्रधानमन्त्रीको उम्मेदवार वनाउने अपेक्षामा छन् । उता शेरवहादुर देउवाले आफूलाई प्रधानमन्त्रीको उम्मेदवार वनाए विभाग गठनका सम्वन्धमा पार्टीमा रहेको विवाद मिल्ने वताईरहेका छन् । यस्तो अबस्थामा प्रधानमन्त्री आफै वन्छु भनेर दावी गर्दा शेरवहादुर यसै रिसाउँछन, आफ्नो क्याम्पका रामचन्द्रले पनि आफूलाई छोडलान भन्ने चिन्ता छ शुशील कोइरालामा । त्यसैले आफ्नो योगदानको कदर गर्दै प्रचण्ड, शेरवहादुर र अरु नेताले सार्वजनिक रुपमा आफ्नो नाम प्रस्तुत गरे हुन्थ्यो भन्ने छ ।
सबैले समर्थन नगरी र वातावरण नवनी आफ्नो उम्मेदवार घोषणा गर्दा पछि प्रधानमन्त्री भइएन भने आफ्नो राजनितिक उचाई थप कम हुने दुवैको वुझाई छ । त्यसैले दुवै म उम्मेदवार बन्छु भनेर मुख खोल्न चाहँदैनन् ।
अहिलेको राजनीतिको मुख्य समस्या त्यही हो । देशको राजनीतिक निकासका लागि दुवै नेता स्पष्ट रुपमा खुलेर आउन आवश्यक छ । यदि प्रचण्डले खुला रुपमा अव सहमतिको सरकारको नेतृत्व म गर्छु र निष्पक्ष ढंगले संविधान सभाको निर्वाचन गर्छु भन्ने हो भने अन्य राजनीतिक दलहरु सकारात्मक हुन सक्छन । अन्तराष्ट्रिय समुदाय पनि प्रचण्डको पक्षमा सकारात्मक हुन सक्छ । सुशीलका पक्षमा पनि माहौल खराव छैन् । सोझा र कुनै पनि सार्वजनिक पद ओगटेर भ्रष्टाचार नगरेका स्वच्छ छविका सुशीलले दावी गर्ने हो भने प्रचण्डको मन पग्लन बेर छैन् ।
यी दुईवटा वाहेका अरु के-के छन् त विकल्प ? र को-को छन् प्रधानमन्त्रीका दावेदारहरु ?
वावुराम भट्टराई जसरी पनि आफ्नै नेतृत्वमा चुनाव गराउने पक्षमा छन् । आखिरमा काँग्रेस र एमाले यसमा सहमत हुने सम्भावना उनले देखेका छन् । उसो त काँग्रेस नेता शेरवहादुर र रामचन्द्र प्रधानमन्त्रीका उम्मेदवार हुन् । काँग्रेस र माओवादीको कुरा मिल्दैन अनि आफ्नो नेतृत्वका सरकार वन्छ भन्ने सपना एमालेले देखेको छ । तर एउटा कुरा चाहिँ पक्का छ, वरु काँग्रेस र एमालेका वीचमा सरकारको कुरा मिलेन भने गैरराजनीतिक व्यक्ति प्रधानमन्त्री वनाउन सक्छन् तर एमालेलाई दिने पक्षमा भने छैनन् ।
स्रोत :- अन लाइन खवर

खाईपाई आएको तलब बाँड्छन शिक्षकहरु
२१ असोज, काठमाण्डौं । सुन्दा अचम्म लाग्न सक्छ । विद्यालयको सहयोगी (पियन) खिमा खत्री आफ्नो तलबबाट एकहजार दुईसय रुपैयाँ विद्यालयलाई बुझाउँछिन् । आफ्नो विद्यालयका पीसीएफ र निजी स्रोतबाट राखिएका शिक्षकहरुलाई तलब खुवाउन नसक्ने भएपछि पियन खिमासहित विद्यालयका अस्थायी र स्थायी शिक्षकले आफ्नो खाइपाइ आएको तलब काटेर निजी स्रोत र पीसीएफ शिक्षकलाई तलब खुवाईरहेका छन् ।
बाँकेको सोनापुर ९ सिन्दुरीस्थित नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयका स्थायी र अस्थायी शिक्षकले विद्यालयका पीसीएफ र निजी स्रोतका शिक्षकलाई आफ्नै तलब काटेर तलब खुवाई रहेको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । खिमाले भनिन् -’स्कूलबाट दिइने तलब नभएर सरहरुले जागिर छोड्नुपर्ने स्थिति आयो, मेरो सानो सहयोगले विद्यालय चल्छ भने विद्यालयलाई किन सहयोग नगर्ने भनेर सहयोग गरेकी हुँ ।’
जिल्ला शिक्षा कार्यालयले पीसीएफ अनुदान रकम घटाएपछि विद्यालय सञ्चालन गर्न कठिनाई भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
स्रोत :-अन् लाइन खबर

पाइपबाटै पठाइन्छ ६ किमि टाढा दूध
१ असोज, काठमाण्डौं । कहिले चक्काजाम त कहिले पेट्रोलियम पदार्थको अभाव । अभावै अभावले अधिकांश दिन ‘मिल्क होलिडे’ मनाइरहनु पर्ने बाध्यता ।
काभ्रेका दूग्ध उत्पादक कृषकको सामूहिक पीडा हो, यो । तर, काभ्रेमै एउटा यस्तो पनि ठाउँ छ, जुन दुर्गम छ, यातायातको सुविधा पनि छैन् । तर पनि, यो ठाउँमा मिल्क होलिडेले छुँदैन् ।
प्रसंग जैसीथोकको हो । यातायात सुविधा नपुगिसकेको यो ठाउँका दूग्ध उत्पादक कृषकले मिल्क होलिडे छल्ने नयाँ र अनुकरणीय जुक्तिका साथ उत्पादन बिक्रीमा लागेका छन् ।
सदरमुकामबाट नजिक रहेरपनि यातायातको सुविधाबाट बञ्चित जैसीथोक झगरेडाँडामा सञ्चालनमा रहेको एक दूग्ध उत्पादक संस्थाले आफुले संकलन गरेको दूध पाइपलाइनबाटै ढुवानी गर्न थालेको छ ।
३ किलो मिटरको दूरीका भरियालाई बोकाएर दूध बिक्री गर्दै आएका किसानले ढुवानीको नयाँ उपायका रुपमा पाइपलाइन विछ्याएका छन्, त्यो पनि ६ किलोमिटर लामो दूरीमा
भरियालाई बोकाएर दूध लैजानुभन्दा पाईप विछ्याउँदा ढुवानी खर्च सस्तो हुने भएकाले यसो गरिएको किसानहरुको भनाई छ । उक्त संकलन केन्द्रले ६ किलोमिटर टाढा रहेको पाँचखालको दूग्ध चिस्यान केन्द्रमा दूध पठाईदै आएको खबर राजधानी दैनिकले छापेको छ ।
स्रोत ::- अनलाइन खबर

Subscribe to:
Comments (Atom)