२१ असोज, काठमाण्डौं । सुन्दा अचम्म लाग्न सक्छ । विद्यालयको सहयोगी (पियन) खिमा खत्री आफ्नो तलबबाट एकहजार दुईसय रुपैयाँ विद्यालयलाई बुझाउँछिन् । आफ्नो विद्यालयका पीसीएफ र निजी स्रोतबाट राखिएका शिक्षकहरुलाई तलब खुवाउन नसक्ने भएपछि पियन खिमासहित विद्यालयका अस्थायी र स्थायी शिक्षकले आफ्नो खाइपाइ आएको तलब काटेर निजी स्रोत र पीसीएफ शिक्षकलाई तलब खुवाईरहेका छन् ।
बाँकेको सोनापुर ९ सिन्दुरीस्थित नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयका स्थायी र अस्थायी शिक्षकले विद्यालयका पीसीएफ र निजी स्रोतका शिक्षकलाई आफ्नै तलब काटेर तलब खुवाई रहेको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । खिमाले भनिन् -’स्कूलबाट दिइने तलब नभएर सरहरुले जागिर छोड्नुपर्ने स्थिति आयो, मेरो सानो सहयोगले विद्यालय चल्छ भने विद्यालयलाई किन सहयोग नगर्ने भनेर सहयोग गरेकी हुँ ।’
जिल्ला शिक्षा कार्यालयले पीसीएफ अनुदान रकम घटाएपछि विद्यालय सञ्चालन गर्न कठिनाई भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
स्रोत :-अन् लाइन खबर

No comments:
Post a Comment